मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवन शैलीमा परिवर्तन

Ujyalosandeshonline 11009+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

गोविन्दराज तिमिल्सेना

बाजुरा । ग्राभिटी रोपवेले बडिमालिका नगरपालिका–५ मना गाउँका बासिन्दाको जीवन शैलीमा परिवर्तन ल्याएको छ । २०७३ सालमा निर्माण भएको बडिमालिका ग्राभिटि रोपवे मना गाउँका बासिन्दाको लागि वरदान सावित बनेको हो । 

भौगोलिक रूपमा विकट र भिरालो क्षेत्रमा अवस्थित मना गाउँका स्थानीयको लागि रोपवेले ठूलो सहयोग गर्दै आएको छ । गाउँका स्थानीयको सरसामान ओसारपसार गर्न ग्राभिटि रोपवे उनीहरुको लागी वरदान सावित बन्न पुगेको हो । रोपवे नबन्नु अघिसम्म झन्डै तीन घण्टा उकालो बाटो पार गरेर उपभोग्य सामग्री पिठ्युँमा बोकेर लिनुपर्ने बाध्यता रोपवे बनेपछी सहज बनेको हो ।

युरोपेली युनियन,प्राक्टिकल एक्सनको आर्थिक तथा प्राविधिक सहयोग तथा प्राक्टिकल एक्सन र मानव संसाधन केन्द्र बाजुराको साझेदारीमा निर्माण गरिएको बडिमालिका ग्राभिटि रोपवेबाट हाल दैनिक उपभोग्य सामग्री सहज ओसार पसार भइरहेको छ ।

बडिमालिका नगरपालिका–४ तिपाडा हाट बजारबाट बडिमालिका–५ मना स्टेसन लाई रोपवेले जोडेको छ । करिब ८ सय ९ मिटर लम्बाइ रहेको यो रोपवेको भिरालोपन ३४ डिग्री रहेको छ । सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भारवहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ ।

एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताएका छन् । पहिले भिरालो उकालो बाटोमा तीन घण्टा हिँडेर सामान बोक्थ्यौँ, अहिले रोपवेले त्यो सबै समस्या हटाइ दिएको साउँदको बताए ।

रोपवे हरेक बुधवार सञ्चालनमा आउने गरेको अपरेटर दिलु साउदले बताएका छन् । कुल २६ लाख ५६ हजारमा निर्माण गरिएको उक्त रोपवेले स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सहजता प्रदान गर्नुका साथै समय र श्रमको बचतका साथै बडिमालिका नगरपालिका–५ मनाका लागि विकासको प्रतिक बन्न सफल भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार