कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन

Ujyalosandeshonline 11469+ समाचार ( )
२५ वैशाख २०८३, शुक्रबार

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले जिल्लाभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई प्रचलित शिक्षा ऐन तथा नियमविपरीत अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । एकाइ कार्यालयका प्रमुख लक्ष्मण गिरीका अनुसार केही संस्थागत विद्यालयहरूले चर्को शुल्क असुल गर्ने, पुराना विद्यार्थीबाट समेत विभिन्न नाममा वार्षिक शुल्क लिने तथा नयाँ भर्नाका लागि परीक्षा शुल्क उठाउने गरेको गुनासो प्राप्त भएको छ । 

शुल्क लिएबापत विद्यालयहरूले कुनै पनि आधिकारीक रसिद नदिने गरेलगायतका विभिन्न माध्यमबाट कार्यालयमा उजुरी प्राप्त भइरहेको उहाँले उल्लेख गर्नुभयो । यस्ता गतिविधि प्रचलित शिक्षा ऐन, नियमावली, विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०७८ विपरीत रहेको जनाउँदै उहाँले त्यस्ता कार्य तत्काल रोक्न आग्रह गर्नुभयो । एकाइले सम्बन्धित स्थानीय तहलाई समेत क्षेत्रभित्रका विद्यालयहरूको अनुगमन गरी नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार