मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रिना माझीलाई नेपाल एपीएफ क्लबद्वारा सम्मान

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

पोखरामा असोज १८ गते सम्पन्न भएको The 16 Showdown मुवाथाइ प्रतियोगितामा नेपाल एपीएफ क्लबकी फुल कन्ट्याक्ट कराते खेलाडी रिना माझीले दोस्रो स्थान हासिल गरेकी छिन्। यस उपलब्धिको लागि नेपाल एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसिनाले माझीलाई बधाई तथा सम्मान गरेका छन्।

क्लबको कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिउसिनाले खेलाडी माझी, उनका प्रशिक्षक महेश केसी र प्रतियोगिताका रेफ्री सन्जय राईलाई स्वागत गर्दै बधाई दिए। अध्यक्ष तिउसिनाले माझीको कडा परिश्रम र लगनशीलताको प्रशंसा गर्दै उनको सफलताले क्लब र राष्ट्रलाई गौरवान्वित बनाएको बताए। उनले आगामी दिनमा अझ ठूला सफलताका लागि हौसला प्रदान गरे। प्रशिक्षक केसीको कुशल प्रशिक्षण र रेफ्री राईको निष्पक्ष भूमिकाको पनि अध्यक्ष तिउसिनाले प्रशंसा गरे।

रिना माझीले यस सफलताले आफूलाई थप ऊर्जा मिलेको र आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्नका लागि प्रेरित भएको बताइन्। उनले क्लब, प्रशिक्षक र परिवारप्रति आभार व्यक्त गरिन्। यो सम्मान कार्यक्रमले नेपाल एपीएफ क्लबले खेलकुद र खेलाडीहरूको विकासमा पुर्याएको योगदानलाई थप उजागर गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार