मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रथम भैरव नक आउट फुटवल प्रतियोगिता' आयोजना हुने, विजेतालाई १ लाख

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

भैरहवा। सिद्धार्थनगरको पक्लिहवामा“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद ” भन्ने नारा सहित 'प्रथम भैरव नक आउट फुटवल प्रतियोगिता' आयोजना हुने भएको छ। श्री भैरव युवा क्लब तथा सिनपा वडा नम्बर १, नयाँ गाउँ, रानी गाउको संयुक्त आयोजनामा हुने प्रतियोगिता  मंसिर २० गतेदेखि २७ गतेसम्म पक्लिहवा माविको मैदानमा हुन लागेको हो।

लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको गोल्डकप आयोजना गरी नगरलाई खेलकुदमय बनाउने तथा बचत रकमबाट पक्लिहवा माविका जेहेन्दार र विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने पवित्र उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरिएको क्लब सल्लाहकार सुशील गुरुङले जनाए ।

प्रतियोगितामा रुपन्देही र नवलपरासी जिल्लाका कुल ८ वटा फुटबल क्लबहरूको सहभागिता रहनेछ। विजेता क्लबले नगद १ लाख, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। भने उपविजेता क्लबले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै सर्वोत्तम खेलाडीले नगद १० हजार, सर्वोत्तम गोल किप्परले नगद ७ हजार, सर्वोत्तम डिफेन्डर नगद ७ हजार, सर्वोत्तम मिडफिल्डर नगद ७ हजार, सर्वोत्तम स्ट्राइकर नगद ७ हजार र दैनिक उत्कृष्ट खेलाडीले नगद २५ सय प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए । 

प्रतियोगिताको अवसरमा नेपाल मात्र नभई मित्र राष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेका पूर्व खेलाडीहरू चेतन गुरुङ्ग, अशोक गुरुङ्ग,किशन थापा, श्याम गुरुङ्ग, अशोक राना (बाङ्ग) तथा बुद्धिराम नेपालीलाई फुटबलमा योगदान गरे बापत सम्मान गरिने आयोजकले जनाए ।

प्रतियोगिता आयोजना गर्न करिब रु. १५ लाखको बजेट अनुमान गरिएको छ। सिद्धार्थनगर नगरपालिका वडा नं. १ कार्यालयले प्रतियोगितामा सहकार्य गर्दै रु. ५ लाख सहयोग गर्ने भएको छ। बाकी रकम देश विदेशका शुभेच्छुक, खेलप्रेमी, उद्योगी व्यवसायी तथा टिकट विक्रीबाट प्राप्त गरिने क्लबका अध्यक्ष याम बहादुर थापाले बताए ।

प्रतियोगितामा श्री भैरव युवा क्लब, पक्लिहवा, सिद्धार्थनगर, श्री अन्चलपुर युवा क्लब, अन्बलपुर, सिद्धार्थनगर, श्री लिस्नु युवा क्लव, कोटिहवा, तिलोत्तमा, श्री सम्पूर्ण युवा क्लब, सुपौली, तिलोत्तमा, श्री फर्साटिकड युवा क्लब, फर्साटिकड, शुद्धोधन, श्री भैरव युवा क्लब, रामग्राम, नवलपरासी,श्री दुट्टीपिपल युवा क्लब, टुटीपिपल, ओमसतिया, श्री मोन्सस्टर गाइजु, सुनवल, नवलपरासी सहभागी हुँदै छन। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार