मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

Ujyalosandeshonline 12431+ समाचार ( )
२ चैत्र २०८१, आइतबार

जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएको १८ वर्षीय आशु यादवका परिवारजन र स्थानीयवासीले बाटो अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरुले मृतक आशुको शव सडकबीचमै राखेर प्रदर्शन गरेका हुन् ।

आशुको हत्यामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । यता आशुका परिवारजनले आशुको हत्यामा अन्य युवकहरुको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार