मुख्य समाचार
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध |

गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

Ujyalosandeshonline 11085+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

रामेछाप । रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईवटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तिमा अस्पतालहरू सञ्चालनमा छन् । 

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । त्यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने ५ शैय्याको रहको छ । दुवै अस्पतालको लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्यकर्मीको दरबन्दी दिएको छ । बाँकी सबै जनशक्ति तथा उपकरण गाउँपालिकाले नै व्यवस्थापन गरेर अस्पतालहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए । 

भौगोलिक हिसाबले विकट उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलका स्थानीयलाई गाउँपालिकाको केन्द्र प्रीति आइपुग्न पनि चार घण्टा लाग्छ । जिल्ला सदरमुकाम मन्थली पुग्न त उनीहरूलाई दिनभरि लाग्छ । त्यसैले आधारभूत तहको स्वास्थ्य सेवा गाउँमा नै पाउन सकुन् भनि गाउँपालिकाले दुई ठाउँमा अस्पताल सञ्चालन गरेको हो । गुम्देल, बाम्ति, कुभुकास्थली लगायतका नागरिकलाई लक्षित गरी बाम्तिमा अस्पताल सञ्चालन गरिएको छ । त्यस्तै प्रीतिका दुईवटा वडा तथा गुम्तेश्वर र भूजीका नागरिकलाई लक्षित गरी प्रीतिमा अस्पताल सञ्चालन गरिएको सुनुवारले बताए । 

गाउँपालिकाकै स्रोतबाट दुईवटा अस्पताल सञ्चालन गर्दा निक्कै व्ययभार पर्ने भए पनि नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर दुईवटा अस्पताल सञ्चालन गरिएको सुनुवारले जानकारी दिए । ‘असाध्यै खर्चिलो छ, डाक्टरहरू राख्नै गाह्रो छ, तै पनि नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुरा भएन, अन्य धेरै योजनाहरू कटौती गरेर भए पनि अस्पताल सञ्चालन गरेका छौँ’, सुनुवारले भने । 

स्थानीय सरकारसँग केही गरौँ भन्ने भावना र नागरिकप्रति उत्तरदायित्व बोध भयो भने स्थानीय तहले नागरिकको हितमा धेरै काम गर्न सक्छ भन्ने उदाहरण उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्र बनेको छ । यसबाट अन्य स्थानीय तहले पनि लोककल्याणकारी राज्य कस्तो हुनुपर्छ भन्ने पाठ सिक्न सक्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार