मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन

Ujyalosandeshonline 11477+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर संयोजक रहेको जिल्लास्तरीय लैगिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको छ ।

जसको पदेन सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरीक्षक छांया वि.क., कोषाध्यक्षमा समुदाय प्रहरी साझेदारी समितिका प्रतिनिधि सुरेन्द्रजंग थापा सर्वसम्मत चयन भएका छन् ।

सञ्जालको सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत  राजन श्रीवास्तव, लैगिक हिंसा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाबाट ज्ञानु पौड्याल, सञ्चार क्षेत्रबाट शंकर प्रसाद पाण्डे, मानव अधिकार क्षेत्रमा कार्यरबाट मनोज लामिछाने, रुपन्देही जिल्ला अदालत बार एशोसियशनबाट सुनिल त्रिपाठी, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबाट ठाकुर कुमार श्रेष्ठ, सुरक्षित आवास गृह सञ्चालन गरिरहेको गैससबाट सत्य नारायण यादव, अल्पकालिन सेवा केन्द्र सन्चालन गरिरहेका सहकारी संस्थाबाछ इन्दिरा आचार्य, नागरिक समाजबाट अरुण प्रताप राणा, स्थानीय महिला अधिकार, जेष्ठ नागरिक अल्पसंख्यक र बाल अधिकार सम्बन्धी गैरसरकारी संघ–संस्थाका प्रतिनिधि अमृता राना, स्थानीय (सामूदायिक) विद्यालयबाट चुन्न प्रसाद पाण्डे, नगरपालिका वा गाउँपालिकास्तरीय लैगिक हिंसा नियन्त्रण सञ्जालबाट कौशिल्या चौधरी, न्याय क्षेत्रमा कार्यरत महिला प्रतिनिधि साधना पाण्डे, जिल्ला बाल क्लब प्रतिनिधिबाट अजय मल्लाह र सामुदायिक प्रहरी शाखा प्रतिनिधि विर बहादुर थापा रहेका छन् ।

सञ्जालको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालचयन भएका छन् । लैगिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीरण तथा गोष्ठी कार्यक्रममा विभिन्न विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा समूहगत रुपमा कार्ययोजना बनाएर प्रस्तुतीकरण गरिएको थियो । जसमा समुहका लिडर ज्ञानु पौड्याल र सत्य नारायण यादवले प्रस्तुत गरेका थिए ।

सञ्जाल गठन पश्चात सञ्जालले गरेका कामको समीक्षा तथा चुनौतीको विश्लेषण गर्नेछ । सेवा संयन्त्र तथा आगामी दिनमा लैगिक हिंसा न्यूनीकरणका लागि सञ्जालले कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता सञ्जालको औचित्य सदस्यहरुको काम कर्तव्य तथा अधिकारहरुका बारेमा गोष्ठीमा छलफल भएको थियो ।  

महिला बालबालिका  तथा जेष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाडौं , सामाजिक विकास महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वय र सहकार्यमा महिला समुत्थान परियोजना अन्र्तगत भैरहवामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

परियोजना अन्तर्गत परियोजना व्यवस्थापन इकाइ काठमाडौंका टीम लिडर सुलोचना श्रेष्ठ, जेसी तालिम विशेषज्ञ मन्जु सिंह राणा,लैगिक हिंसा प्रतिकार्य विशेषज्ञ सोनाली रेग्मी, अनुगमन तथा मूल्यांकन विशेषज्ञ बालकृष्ण सिलवाल, परियोजना कार्यान्वयन इकाइ लुम्बिनी प्रदेशका पवन गौतम, छविलाल सुनार, लक्ष्मी पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार