कर्णाली राजमार्ग: गगने खोला खण्ड अझै अवरुद्ध, खुल्न डेढ घण्टा लाग्ने अनुमान

Ujyalosandeshonline 11016+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

कालिकोट । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला खण्डमा गएराति गएको पहिरोका कारण यातायात अवरुद्ध भएको छ। साँझ ६ बजे गगने खोलामा पहिरो गएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो । राति परेको अविरल वर्षाका कारण हुल्मदेखि गगने खोलासम्मका विभिन्न स्थानमा थप पहिरो खसेपछि बाटो खुलाउन थप समस्या भएको छ। 

सडक डिभिजन कार्यालय र स्थानीय प्रशासनको पहलमा पहिरो हटाउने कार्य जारी रहे पनि गगने खोलाको मुख्य पहिरो सफा गरेर सवारी साधन सुचारु हुन अझै एकदेखि डेढ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। सडक खुल्न लाग्ने समयका कारण यात्रुहरूले थप केही समय धैर्य गर्नुपर्ने भएको छ । ट्राफिक प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने समयसम्म सुरक्षित स्थानमा पर्खन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार