मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

१० वटै जिल्लाका अनुसन्धान अधिकृतहरु सुर्खेतमा, रणनीति बनाइने

Ujyalosandeshonline 11477+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

सुर्खेत । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन् । अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन् ।

प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ । शुक्रबार समीक्षा गोष्ठि उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपराध अनुसन्धानमा प्रहरीले खेलेको भूमिका र सफलताको प्रसंशा गरे ।

प्रविधीको बिकाससंगै अपराधको शैली परिवर्तन भएको भन्दै अनुसन्धानको दायरालाई पनि समयानुकुल बनाउदै लैजानुपर्ने मुख्यमन्त्री कँडेलले बताए । समाजमा बदलिँदो आपराधिक परिवेश, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश एवम् अनुशासनहीनतालाई सेवा प्रवाहमा विकास र परिवर्तन गर्दै अपराध अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरि सुधारका क्षेत्रहरु पहिचान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘अनुसन्धानमा रहेका कानूनी लगायत अन्य समस्याको पहिचान गरि समाधान गर्न साझा धारणा विकास गर्नुहोस्,’ कँडेलले भने, ‘नागरिकको जीउ, धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।’

राज्यले कानून तर्जुमा गर्नु मात्र पयाप्त नभइ कानूनको प्रभावकारी कार्यान्वयन, विद्यमान कानूनी व्यवस्था र उपलब्ध स्रोत साधनले अपराधलाई सम्बोधन, अनुसन्धान, प्रक्रिया तथा प्रविधि बारेमा समय समयमा अध्ययन र समिक्षा हुनुपर्ने उनको भनाई छ । अपराध अनुसन्धानमा भइरहेका कामहरुको समिक्षा गर्दै सहभागी प्रहरी अधिकृतहरुलाई अझ परिस्कृत ढंगले काम सम्पादनमा उत्प्रेरित गर्ने विश्वास उनको छ ।

नागरिकको भरोसाले मात्र समाजमा विश्वास र सहयोगको वातावरण सिर्जना गर्न सकिन्छ भन्ने विषयमा प्रहरी कर्मचारीले हेक्का राख्नुपर्ने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार