मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

अर्घाखाँचीकाे पाणिनि गाउँपालिकाले ल्यायो ७२ करोड २० लाख ७४ हजारको बजेट

अनिल नेपाली 141+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

अर्घाखाँची । पाणिनि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ७२ करोड २० लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले असार ८ गते प्रस्तुत नीति तथा कार्यक्रमको आधारमा बजेट गाउँसभामा पेस गरिन् ।

गाउँपालिकाले यसपटक कृषि, धार्मिक पर्यटन र रोजगारी सिर्जनालाई बजेटको प्रमुख प्राथमिकतामा राखेको छ । दिगो भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सुधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन र स्थानीय स्रोत साधनको सन्तुलित विकासलाई पनि बजेटले उच्च महत्व दिएको छ । 

यसका साथै, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवद्र्धनमा समेत गाउँपालिकाले जोड दिएको छ । बजेटमा प्रत्येक वडाका लागि ४० लाख रुपैयाँको सिलिङ तोकिएको छ, जसले स्थानीयस्तरमा विकास निर्माणका कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ। पाणिनी गाउँपालिकाको यो बजेटले समग्र क्षेत्रको सन्तुलित विकास र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार