पत्रकार महासङ्घको निर्वाचन आज हुँदै

Ujyalosandeshonline 11469+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदै छ । शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट, देवी प्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन् ।

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुनभने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायत समूहबाट उम्मेदवारी दिएका छन् । त्यस्तै देवी प्रसाद सापकोटा स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धा मा छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी हुन् । 

महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्यप्रतिस्पर्धा हुने  ।

यस्तै,महासचिव मा चौतारी र युनियनबाट राम प्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार