मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन जारी

Ujyalosandeshonline 11474+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले मंगलबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरे । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ ।

मंगलबार विहानको प्रदर्शनमा स्थानीय संघ संस्था, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरु पनि प्रदर्शनमा उत्रिए ।गत बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाइसकेका छन् । बुधवार यता उनीहरुले दिनहुँ प्रदर्शन गर्दै आइरहेका छन् । केही दिनमा स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको आन्दोलनका अगुवा नविन विष्टले जानकारी दिए । 

विगत लामो समयदेखि केन्द्रमा भइरहेको व्यथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभइरहेको, उपकरण थन्क्याएर राखिएको एवम कार्यकारी प्रमुख नियुक्तिमा चलखेल भएको विष्टको भनाइ छ ।

अस्पतालबाट प्राप्त हुने सुविधा रोकेर राखेको, अर्बौको उपकरण थन्क्याएर राखिएको र एकाधिकारपूर्ण तरिकाले चिकित्सकहरुलाई हटाइएको उनले जानकारी दिए ।

केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौ रकम लगानी गरिसकेको छ साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको आन्दोलनका अगुवा चन्द्रलाल सुवालले बताए । उनले अस्पतालमा किड्नीको मात्र प्रत्यारोपण भइरहेको तर मानव अंगका अन्य शिर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको आशंका व्यक्त गरे । अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको आन्दोलनकारीको भनाइ छ ।

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा.पुकारचन्द्र श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिमाथि पनि स्थानीयले आशंका व्यक्त गर्दै आइरहेका छन् ।

६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा.श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार