मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

लुम्बिनीलाई विश्व शान्ति अनुसन्धानको केन्द्र बनाउने घोषणासहित अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

लुम्बिनी । ‘दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, साउथ एसिया फाउण्डेशन र भारतीय राजदुतावासद्वारा संयुक्त रूपमा आयोजित गोष्ठीले बौद्ध दर्शनमा आधारित विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ ।

गोष्ठीले लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रको रूपमा विकास गर्ने, ग्लोबल पीस इन्डेक्सको ढाँचामा ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गर्ने, र विश्वव्यापी संकटमा मार्गदर्शन गर्न बौद्ध भिक्षु थिंक ट्यांकहरू गठन गर्ने जस्ता महत्वपूर्ण घोषणा गरेको छ ।

त्यस्तै, द्वन्द्वको पूर्वानुमान र गलत सूचना पहिचानका लागि नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गर्ने, कूटनीतिज्ञहरूलाई द्वन्द्व समाधानका लागि माइन्डफुलनेसमा आधारित तालिम दिने, र नेपाल तथा भारतका बौद्ध तीर्थस्थलहरूमा एकीकृत शान्ति पर्यटन प्रवद्र्धन गर्ने निष्कर्ष निकालिएको छ ।

गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, पूर्वराजदूत, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरु सहित ५८ जना विज्ञहरूको सहभागिता थियो । समापन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले गोष्ठीलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार