मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

गौतमबुद्ध विमानस्थलबाट थाई एयरको उडान: ७ यात्रु आए, ३२ जना गए

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

भैरहवा । थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एशियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ । एयर एशियाको यो नियमित उडान हो ।

यस अघि कार्तिक १८ गते सर्वसाधरण यात्रु बिहिन आएर गएको उक्त विमान शुक्रवार यात्रु सहित आएको र गएको छ । शुक्रवार दिउँसोमा १२ः३० बजेमा सात यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १ः१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले बताए ।

उनका अनुसार विमानमा आएका सात जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए ।थाई एयर एशियाले भैरहवा विमानस्थलबाट सातामा दुई दिन सोमबार र बिहीवार दिउँसो १२ः१५ बजे विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ ।

संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेजले पनि शनिवार देखि भैरहवा विमानस्थलबाट नियमित उडान गर्दैछन् । जसमध्ये फ्लाई दुबईले विमानस्थलबाट दैनिक एक उडान र जजिराले सातामा तीन दिन मंगलबार, बिहीवार र शनिवार उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार