मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

खुनुवा नाकामा भारतीय रुपैयाँ र शंकास्पद धातुसहित नेपाली नागरिक नियन्त्रणमा

Ujyalosandeshonline 12441+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

कपिलवस्तु । कपिलवस्तुको खुनुवा नाका नजिकै नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले एक व्यक्तिलाई ठूलो परिमाणको नगद र शंकास्पद धातुसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-५ का ५० वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डिएल १ सी एएच ३८२७ नम्बरको एर्टिगा कारलाई एसएसबीले रोकी जाँच गर्दा घिमिरेको झोलाबाट ५ किलो ९५ ग्राम सेतो धातु (चाँदी अनुमान गरिएको) र ५७.१४ ग्राम पहेँलो धातु (सुन हुन सक्ने अनुमान गरिएको) फेला परेको हो ।

साथै, उनको साथबाट भारतीय रुपैयाँ ५०० दरका ७५९ नोट र २०० दरका ४ नोट गरी कुल ३ लाख ८० हजार ३ सय रुपैयाँ पनि बरामद भएको छ। घिमिरेले आफू बुटवलस्थित बहिनीको घर जान लागेको बताएका छन्। उक्त कार नयाँ दिल्लीका राज शर्माको नाममा दर्ता रहेको बुझिएको छ। एसएसबी खुनुवा क्याम्प र स्थानीय प्रहरी चौकीले संयुक्त रूपमा घिमिरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार