मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

पहिलो पटक मन्त्री बनेकी आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

Ujyalosandeshonline 11467+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन् ।  सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् ।

राणा पहिलोपटक मन्त्री बनेकी हुन् । रोजेको मन्त्रालय पाएकी उनी मन्त्रिपरिषदको सातौं वरियतामा रहने छिन् । पदभार ग्रहणपछि उनले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् ।

उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताईन् । 

बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी गरिन् । 

मन्त्री राणाले  भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुन् ।

उनलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए । 

कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन् । लामो समय गैर सरकारी संस्थाहरुमा व्यस्त रहेकी उनी ०५१ सालमा देउवासँग विवाह गरेपछिपनि लामो समय सक्रिय राजनीतिमा थिइनन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार