हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड

Ujyalosandeshonline 11469+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् । शुत्रबार पोखराको पुरानो टुँडिखेलमा ईन्द्रेणी एकिकृत विकास केन्द्रले आयोजना गरेको तेस्रो ऐतिहासिक टुँडिखेल तिज महोत्सवको उद्घाटन गर्दै उनले कुशाषन, सामाजिक विभेदहरुको अन्त्य गरेर सुशाषन कायम गर्ने नयाँ अभियानमा रहेको बताएका हुन् ।  

उनले भने, ‘हामी अहिले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको एउटा नयाँ अभियानमा छौ । हामी कुशाषनको अन्त्य गरेर सुशाषन कायम गर्ने एउटा नयाँ अभियानमा छौ । हामी सबै खालका आर्थिक पछौटेपनको अन्त्य गरेर आर्थिक सम्मृद्धिको नयाँ अभियान लिएर अगाडि बढ्दै छौ ।’

अध्यक्ष प्रचण्डले सामाजिक साँस्कृतिक कार्यक्रमले सकरात्मक भाव पैदा गर्न र एकिकृत र केन्द्रिकित मनोविज्ञान पैदा गर्ने समेत बताए । ‘अझै थुप्रै चुनौति र समस्यासँग हामीले जुध्नुपरेको छ । मलाई लाग्छ, यस्ता कार्यक्रमहरुले हामी सबैमा नकरात्मक भाव हैन, सकरात्मक भाव पैदा गर्न विभाजन र विकेन्द्रित मनोविज्ञान हैन, एकिकृत र केन्द्रिकित मनोविज्ञान पैदा गर्न नेपाल विविधतामा एकताको सुन्दर फलबारी हो भन्ने हामी सबैले महशुस गरेका छौ,’उनले भने । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार