मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अब दुई गाउँपालिकामा इलाका प्रहरीका नयाँ भवन

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

रामेछाप । रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाईएको हो । खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको हिजो बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन् ।

दुबै भवन बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो । दुवै कार्यालयका भवन साढेदुई तलाका छन् । दुवै कार्यालयका भवन निर्माण समान कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैँया लागतमा गरिएको हो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख किरण राणा, प्रमुख जिल्ला अधिकारी अनिता निरौला,बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईं, आनन्द श्रेष्ठ,सुनापति र खाँडादेवी गाउँपालिकाका अध्यक्षद्वय ठुलो कान्छा तामाङ, ज्ञान कुमार श्रेष्ठ लगायतले समाजमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार