मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

चुरे तथा वनजंगल संरक्षण अभियानको आन्दोलनप्रति ऐक्यबद्धता

Ujyalosandeshonline 11005+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको धर्ना कार्यक्रममा बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा निरन्तर चलेको धर्ना कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाउने जानकारी दिएको हो । साथै आन्दोलनमा सहभागीका लागि आव्हान समेत गरेको हो ।

‘बृहत नागरिक आन्दोलन, धर्नारत टोलीसँग अविलम्ब वार्ता गरेर चुरे संरक्षणका मागहरु पूरा गर्न जोडदार माग गर्दछ । चुरे संरक्षणको यस अभियानमा ऐक्यबद्धता जनाउन आयोजना गरिएको माइतीघर–नयाँ बानेश्वर चुरे संरक्षण मार्चमा सहभागी हार्दिक अनुरोध गर्दछ ’विज्ञप्तिमा भनिएको छ ।

टोलीले चुरे र वनजंगल संरक्षण, सम्वर्धन, दलित, भूमिहीन, सुकुमवासीहरुको भूमि अधिकारका माग सहित २४ दिने चुरे संरक्षण पदयात्रा सम्पन्न गरिसकेको छ । पदयात्रा पश्चात टोलीले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् ।

नागरिक आन्दोलनले भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण रहेको चुरे क्षेत्र विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक विनाश भएकोमा चिन्ता समेत व्यक्त गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘चुरे क्षेत्रले चुरे–तराई, मधेश क्षेत्रमा बसोबास गरेका नेपालको आधाभन्दा बढी जनसंख्या तथा नेपालको दक्षिण सिमानासँग जोडिएको छिमेकी मुलुकको बहुसंख्यक जनताको जीवनरेखाको रुपमा काम गरेको छ । भू–जैविक, भौगर्भिक आदि दृष्टिकोणले कमलो, संवेदनशील वातावरण रहेको चुरे क्षेत्र विगत केही दशकदेखि विकासका क्रियाकलाप तथा मानवीय क्रियाकलापका कारण व्यापक क्षयीकरण र विनाश भएकोछ । चुरेका खोला–नदीबाट बालुवा, ढुङ्गा, गिट्टी अत्यधिक र अवैज्ञानिक किसिमले सङ्कलन हुँदा तराईको जमीन झन् झन् कटान र बाढीको चपेटामा परेको छ। चुरेको क्रमिक विनाशले तल्लो तटीय क्षेत्रमा यसले विपद जोखिम र त्रास बढ्न थालेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार