मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सम्मरीमाई गाउँपालिकामा खुल्यो कित्ताकाट

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ कार्तिक २०८०, सोमबार

मर्चवार । सरकारले जारी गरेको भुमि सम्बन्धि नियमानुसार सम्मरीमाई गाउँपालिकाले भूउपयोग क्षेत्र बर्गिकरण (कित्ताकाट) सम्बन्धि मापदण्ड तयार गरेको छ । 

कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि गाउँपालिकाले ईलाका मालपोत कार्यालय र ईलाका नापी कार्यालय मझगावालाई हस्तान्तरण गरेको छ । कागजातहरु मर्चवारको मझगावा स्थित ईलाका मालपोत कार्यालयका प्रमुख तिलक रावतलाई गाउँपालिकाका प्रमुख बिनोद कुमार श्रीवास्तवले हस्तान्तरण गरेका हुन ।

यससँगै रुपन्देहीको दक्षिणी क्षेत्र सम्मरीमाई गाउँपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट भोली कार्तिक १४ गते मंगलबारदेखि खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिको सचिवालयले जनाएको छ । 

वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्ने छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राकेस कुमार चैधरीले जानकारी दिए । चौधरीले भने, “गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।” गाउँपालिका प्रमुख बिनोद श्रीवास्तवले गाउँपालिकामा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ, व्यवसायिक क्षेत्रतर्फ र आवासीय क्षेत्रतर्फ, औंद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदि खोला ताल सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार