मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

लेखा समितिले हुलाकी राजमागबारे अर्थमन्त्रालयसँग जवाफ माग्ने

Ujyalosandeshonline 11013+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले हुलाकी राजमार्गको अहिलेसम्मको भौतिक प्रगतिबारे अर्थमन्त्रालयसँग जवाफ लिने भएको छ । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा हुलाकी राजमार्गको सम्बन्धमा छलफल गर्दै यस योजनाबारे अर्थ समितिले उठाएका प्रश्नहरुको अर्थमन्त्रालयसँग जवाफ माग्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेल बताए । 

उनले भने, ‘हुलाकी राजमार्गसँग अर्थले उठाएका जति पनि प्रश्नहरु छन्, भौतिक पूर्वाधार मन्त्रालय र हुलाकीका बारेमा अर्थसँग जोडिएका जे जति प्रश्नहरु छन्, यस बीचको विवाद के हो, हामी अर्थमन्त्रालयलाई सोध्नेछौं ।’

सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका योजनाहरु सम्पन्न गर्ने दायित्व सरकारकै रहेको उल्लेख गर्दै उनले घोषणा गरेका योजनाहरु पुरा नगरी नयाँ योजना नथप्न  सुझाव दिने बताए । 

सभापति पोखरेलले राष्ट्रिय गौरवका योजनाहरुका सम्बन्धमा उजुरीको चाङ रहेको उल्लेख गर्दै व्यक्तिगत उजुरीहरु संसद सचिवालयमा पठाउने र संस्थागत उजुरीहरुमाथि समितिको आउँदो बैठकमा छलफल गर्ने जानकारी दिए । 

उनले भने, ‘यस समितिमा गौरवका योजनादेखि विभिन्न विकास निर्माणका योजनाका सम्बन्धमा उजुरीको चाङ छ । व्यक्तिगत र संस्थागत उजुरी छन् । व्यक्तिगत उजुरीहरु सचिवालयमा पठाउँछौं । संस्थागत उजुरीका सम्बन्धमा आउँदा बैठकहरुमा  विवरणसहित छलफल गर्छौं ।’

त्यस्तै समितिले सुन तस्करी प्रकरण र दुरसञ्चार कम्पनी ऐनसेलको खरिदबिक्री सम्बन्धी अनुसन्धान गर्न गठित समितिले बुझाएको प्रतिवेदन मागि थप अध्ययन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार