मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न चार खेलमध्ये तीन खेलमा बराबरी

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न चार खेलमध्ये तीन खेलमा बराबरी भएको छ भने एउटा खेलमा गोर्खा ब्वाइज विजयी भएको छ । परेली युवा क्लब र विजय युथ क्लबबीचको खेल १–१ गोलको बराबरी भएको छ ।  हेटौंडा–६ स्थित गौरीटार रंगशालमा भएको विजय युथ र परेलीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । 

परेलीको तर्फबाट प्रविन गोलेले एक गोल गरेका थिए । उनले खेलको ९३ औं मिनेटमा गोल गरे । विजय युथबाट विनिश अमात्यले एक गोल गरे । गौरीटार रंगशालामा भएको दोस्रो खेलमा एफसी इन्टरनेट सिटीलाई ३–१ गोलले हराउँदै गोर्खा ब्वाइज विजयी भएको छ । गोर्खा ब्वाइजबाट अनिल घलान, प्रताप ठोकर र रिहान लामाले समान एक–एक गोल गरे । यता एफसी इन्टरनेट सिटीबाट श्रीजन लामाले मात्र एक गोल गरे ।

हेटौंडा–११ स्थित सिमलटार मैदानमा सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स क्लबबीचको खेल वर्षाको कारणले स्थगित भएको छ । दुबै टिमको खेल गोलरहित बराबरीमा स्थगित भएको हो । 

आरआर एफसी र एफसी इन्टरनेटबीचको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको छ । सिमलटार मैदानमा भएको खेलमा आरआर एफसीबाट सुदीप सापकोटा र एफसी इन्टरनेटबाट सलोन वाइबाले समान एक–एक गोल गरेको थिए । म्यान अफ द म्याच विजय युथका सरोज राई, एफसी इन्टरनेटका अभिनाष भोम्जन र गोर्खा ब्वाइजका अनिल घलान घोषित भएका छन् ।

४ वर्षको अन्तरालमा सञ्चालन भएको जिल्ला लिगको प्रत्येक समूहको वरियताक्रमको आधारमा क्लबलाई ए, बी र सी डिभिजनमा छुट्याइने बताइएको छ । कोरोनाको कारण सञ्चालन हुन नसकेको लिग प्रतियोगिता यस वर्षबाट सञ्चालन गरेर यसलाई निरन्तरता दिन लागेको जनाइएको छ ।

जिल्ला लिग फुटबल प्रतिायोगिताको उपाधि विजेता टिमले असोज बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले पचास हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार