मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सीमा नियन्त्रण गर्न माओवादी नेतृ भुसालको सुझाव

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव पम्फा भुषालले कुटनीतिक पहलकदमी र बिकसित प्रविधिको प्रयोगबाट सीमालाई नियन्त्रण गर्नुपर्ने बताएकी छिन् । 

आज ‘सार्वभौमिकताः सीमा र पानी’ छलफल कार्यक्रममा उनले सार्वभौमिकताको कुरा गर्दा खुला सीमाना सबैभन्दा ठूलो समस्या भएको भन्दै यसलाई नियमन गर्न आवश्यक भएको बताईन् । 

उनले भनिन्, ‘हामी अहिले खुला सीमामा छांै, यसले पनि हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई प्रभाव पर्ने गर्छ । सबै प्रकारको अपराधको लागि पनि सहज हुने खुला सीमा हुने कुरा हाम्रो लागि ठूलो समस्या छ । यसमा कुटनीतिक पलकदमी र बिकसित प्रविधिको प्रयोगबाट हाम्रो सीमालाई नियन्त्रण र २४ घण्टाको नियमन गरेर हाम्रो राष्ट्रको सुरक्षा र स्वाधिनता, स्वतन्त्रताको रक्षा गर्नु सार्वभौम सम्पन्न राष्ट्र हुनुको नाताले महत्वपूर्ण कुरा हो ।’

यसको साथै, उनले कुटनीतिक पहल बाहेक अरु कुनै तरिकाले जमिन फिर्ता लिने र सीमा कायम राख्ने कुरा सम्भव नभएको भन्दै सबै एक भएर राष्ट्रको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्नुपर्ने बताईन् । 

नेपाल जलस्रोतले भरिपूर्ण देशभएपनि त्यसको सहि उपयोग हुन नसकेको भन्दै पानीलाई विद्युत, यातायातमा उपयोग गर्ने हो भने मात्र देश समृद्ध हुने उनको भनाई छ । 

उनले भनिन्, ‘युवाहरु बाहिरिने क्रम बढ्नु पनि देशको स्वाधिनतासँग सम्बन्धित कुरा हो, आफ्नो देशमा केही नगरि, देश छोडेर जाने प्रक्रिया पनि एउटा समस्या हो । अर्को भनेको हाकमी जलस्रोतले भरिपूर्ण छौ, तर यसको सहि उपयोग गरेनौ भने हामी भनिराख्ने देश हुन्छौ जस्तो लाग्छ । केही पनि प्रगती नहुने । नेपालको हितमा यसको प्रयोग गर्नुपर्छ । पानी पानी भनेर मात्रै होईन, त्यसलाई विद्युत, यातायातमा त्यसलाई उपयोग नगर्ने हो भने हाम्रो देश समृद्ध हुँदैन ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार