भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
बागमती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउदै हासिल ग¥यो । मधेशका लागि कप्तान अनिल कुमार साहले सर्वाधिक अविजित ७० रन बनाए । यस क्रममा उनले ५३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहन विश्वकर्माले ३९ रन, हरिशंकर साहले ३३ रन पवन सर्राफले ३१ रन र रुपेश सिंहले अविजित २५ रन बनाए ।
बलिङमा बागमती प्रदेशका सूर्य तामाङले २ विकेट, रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र ईशान पाण्डेले समान १/१ विकेट लिए ।
यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको बागमतीले ईशान पाण्डेको शतकिय पारीको सहयोगमा ८ विकेट गुमाउदै २५९ रन बनाएको थियो । बागमतीका लागि ईशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाएका थिए । बागमतीका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउदा विपिन आचार्यले २७ रन बनाए ।
बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिल साहले समान २/२ विकेट लिए ।
जारी प्रतियोगितामा ४ जित र ५ हार सहित ८ अंकले सातौ स्थानमा रह्यो भने ४ जित र ५ हार सहित नै बागमती अंकतालिकाको चौथो स्थानमा रह्यो । यस संगै प्रधानमन्त्री कप अन्र्तगत लिग चरणको सबै खेलहरु सकिएका छन् । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच फाईनल खेल हुनेछ ।