मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग

Ujyalosandeshonline 11477+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन्  ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै उनले फागुन ७ ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रदान्जली समेत नदिने उनको क्रियाकलापले कहिँ न कहिँ संलग्नता देखिएको बताए । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्ने उनको माग छ । 

‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउने कुरामा सरकारको दृढतापूर्वक पहलकदमी गरोस,’उनले भने,‘फागुन ७ गते पूर्वराजाले जनताको नाममा जुन आह्वान गर्नुभयो त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँ स्वयमले फागुन ७ आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । तर घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन् । मृतकलाई श्रद्धान्जली समेत दिनुभएको छैन् । यसले उहाँको कहिँ न कहिँ संलग्नता छ भन्ने पुष्टि हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ ।’

त्यस्तै उनले आन्दोलनका कमाण्डर प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको भन्दै प्रहरीले संयमता नअपनाएको भए ठूलो मानवीय क्षति हुन सक्ने अवस्था देखिएको बताए । त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको आन्दोलनले गर्दा आफूलाई यस्तो खालको प्रवृत्ति बीजारोपण कहाँबाट भयो भन्ने डर लागेको बताए । 

उनले यस्तो घटना फेरि भविष्यमा नहोला भन्न नसकिने भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे  पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भने प्रश्न गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको टिप्पणी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार