मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मर्चवारको मुहार फेर्ने कन्हैया बनियाको सङ्कल्पः
बनियाको योजना , सडक क्रान्तिदेखि डिजिटल साक्षरतासम्म

Ujyalosandeshonline 11005+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

भैरहवा। रुपन्देही क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनियाले यस क्षेत्रको ऐतिहासिक र आर्थिक कायापलट गर्ने विस्तृत कार्ययोजना सार्वजनिक गर्नुभएको छ । दशकौँदेखि विकासमा पछाडि पारिएको मर्चवारलाई ५ वर्षभित्र आधुनिक र आत्मनिर्भर बनाउने योजना सहित बनिया अहिले निर्वाचनमा होमिनुभएको छ । 

सडक र यातायात– ५ वर्षमा समग्र मर्चवार कालोपत्रे

बनियाले पहिलो बँुदामै मर्चवारका सबै मुख्य सडक ५ वर्षभित्र कालोपत्रे गर्ने ग्यारेन्टी गर्नुभएको छ । ४ लेनको मुख्य सडक र रिङ रोड सम्पन्न गर्ने योजनासहित चक्किया घाट, मन्झरिया र कचरिहवा जस्ता आधा दर्जन स्थानमा पक्की पुल निर्माणको पहल गर्ने उहाँको प्रतिबद्धता छ । साथै, मर्चवारदेखि सदरमुकामसम्म १० वटा नियमित बस सेवा सञ्चालन गरी यातायातलाई सहज बनाइने उहाँले योजना बनाउनुभएको छ ।

स्वास्थ्यमा फड्को– २४ घण्टा एम्बुलेन्स र ५० शैयाको अस्पताल

मर्चवारमै आधुनिक सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गर्ने र इन्डो–नेपाल सीमा क्षेत्रमा २४सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा दिने योजना अघि सारिएको छ । विशेषगरी तराईमा समस्याका रुपमा रहेको सर्पदंशका लागि छुट्टै उपचार केन्द्र र हरेक क्षेत्रमा बर्थिङ सेन्टरको व्यवस्था गर्ने बनियाको योजना छ ।

कृषिमा आधुनिकीकरण– सिँचाइ र कोल्ड स्टोर

किसान बाहुल्य यस क्षेत्रमा ५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउन मर्चवार लिफ्ट सिँचाइ र बेलबास–मर्चवार नहर कनेक्टिभिटीलाई प्राथमिकता दिइएको छ । छपियालाई ‘फिस फार्मिङ हब’ बनाउने र प्रत्येक पालिकामा कृषि संकलन केन्द्र तथा कम्तिमा दुईवटा ठूला कोल्ड स्टोर (शीत भण्डार) निर्माण गरी किसानको उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

शिक्षा र प्रविधि– ब्यागलेस शिक्षा र फ्री वाईफाई

उच्च शिक्षाका लागि मर्चवार बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्नातकोत्तर तहमा विज्ञान र सूचना प्रविधिको पढाइ सुरु गर्ने बनियाको प्रतिवद्धता छ । सरकारी विद्यालयमा डिजिटल शिक्षा प्रणाली लागू गर्दै विद्यार्थीलाई ‘ब्यागलेस’ (झोलामुक्त) बनाउने र क्षेत्रभरि ‘फ्री वाईफाई जोन’ निर्माण गरी डिजिटल मर्चवार अभियान चलाइने उहाँले बताउनुभयो ।

पर्यटन र वैदेशिक व्यापार– फास्ट ट्रयाक र भन्सार सुधार

मर्चवारीमाई मन्दिरलाई राष्ट्रिय सम्पदामा सूचीकृत गराई लुम्बिनीदेखि मर्चवारसम्म ‘फास्ट ट्रयाक’ बनाउने योजना छ । थुम्हवा छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याई ककरहवा–कालीदह नाकाबाट आयात–निर्यात ट्रान्जिट प्वाइन्ट विस्तार गर्ने योजनाले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँको भनाई छ । 

सुशासन र पारदर्शिता– भ्रष्टाचारमा शून्य सहनशीलता

उम्मेदवार बानियाले जनताको पैसा जनताकै विकासमा खर्च हुने ग्यारेन्टी गर्दै सार्वजनिक लेखापरीक्षण गर्ने र सरकारी कार्यालयमा डिजिटल टोकन प्रणाली लागू गर्ने बताउनुभएको छ । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति नै आफ्नो मुख्य एजेण्डा भएको उहाँले प्रस्ट पार्नुभएको छ । 

मुख्य आकर्षणहरुः 

मर्चवार रंगशाला र क्रिकेट एकेडेमीको निर्माण ।

छोरी शिक्षा पूर्ण निःशुल्क र महिला आत्मनिर्भरता कार्यक्रम ।

दानव नदीमा तटबन्ध निर्माण गरी बाढी नियन्त्रण ।

महदेइया विद्युत सब–स्टेशन पूर्ण सञ्चालन र सोलार ऊर्जा प्रवद्र्धन ।

मर्चवार क्षेत्रको चौतर्फी विकासका लागि ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएका बनियाले यसपटक मतदाताले परिवर्तनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार