मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

अर्घाखाँचीमा सडक दुर्घटना न्यूनीकरणका लागि डिएसपी आफैँ सडकमा: सरोकारवालासँग समन्वय गर्दै जनचेतना अभियान तीव्र

Ujyalosandeshonline 11002+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा दिनानुदिन बढ्दै गएको सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवस जिसी आफैँ सडकमा खटिएर सक्रियता देखाएका छन् । सन्धिखर्क–गोरुसिंगे सडक खण्डअन्तर्गत सियाले बजार क्षेत्रमा डिएसपी जिसीले विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेका हुन् । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उनले यातायात व्यवसायी, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूलाई साथमा लिएर आधारभूत तहसम्म जनचेतना फैलाउने अभियानलाई अघि बढाएका छन् ।

अभियानका क्रममा डिएसपी जिसीले पछिल्लो समय जिल्लामा बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने धारणा राखेका छन् । उनले सडक सुरक्षाका लागि आम नागरिक, चालक तथा यात्रु सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट जिम्मेवारी बोध गरेर काम गरे मात्र दुर्घटना कम गर्न सकिनेमा जोड दिए । प्रहरी प्रमुख नै सडकमा ओर्लिएर जनचेतना जगाउन थालेपछि स्थानीय स्तरमा यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । ट्राफिक प्रहरीले कारबाहीका साथसाथै जनचेतनामूलक कार्यक्रमहरूलाई पनि सँगसँगै लैजाँदै सुरक्षित यात्राको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेको उनले बताए । यातायात व्यवसायीहरूले समेत दुर्घटना जुनसुकै बेला हुन सक्ने भएकाले यसको जोखिम कम गर्न सबै पक्षबीचको सहकार्य र समन्वय अपरिहार्य रहेको भन्दै प्रहरीको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

प्रहरीको यस विशेष सक्रियतापछि जिल्लाको समग्र ट्राफिक व्यवस्थापन, जनचेतना अभिवृद्धि र राजस्व सङ्कलनमा समेत उल्लेखनीय सुधार देखिएको छ । विशेष गरी विकट ग्रामीण क्षेत्रमा प्रहरी देख्दा डराउने सर्वसाधारणहरू अहिले ट्राफिक प्रहरीका सचेतनामूलक र सहयोगी गतिविधिप्रति सकारात्मक बन्दै खुलेर प्रशंसा गर्न थालेका छन् । प्रहरी र नागरिकबीचको बढ्दो समन्वयले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार