मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बलिङमा दिपेन्द्र र ब्याटिङमा कप्तान पौडेल चम्किँदा अमेरिकामाथि नेपालको जित

Ujyalosandeshonline 12431+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । 

नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १–१ विकेट लिए । 

यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए ।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए ।अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २ २ विकेट लिए । श्रृंखलाअन्तर्गत दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार