मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

जनकपुर । धनुषामा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कि रोशनी झाको शंकास्पद मृत्यु भएको हो । गत बिहीवार राति रोशनी झा भर्याँङबाट खसेको भनी उनको माइतमा ससुराली पक्षले टेलिफोनमार्फत जानकारी गराएका थिए । 

रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।

यता धनुषाका एसपी रुगम बहादुर कुँवरले विहान आफंै घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या गरे जस्तो नदेखिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्टले थप कुरा पुष्टि हुनेछ । प्रहरीले सुक्षम तरिकाले घटनाको छानविन गरिरहेको र घटनामा संलग्न दोषीलाई कारबाही हुने उनले प्रतिबद्धता जाहेर गरे ।

‘हत्याका आरोपीहरुले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेकाले घटना शंकास्पद बनेको छ’,रोशनीका मामा पंकज झाको आरोप छ । ससुराली पक्षले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाएका छन् । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ । प्रहरीले जलेको अवस्थामा फेला परेका अवषेशहरुको नमूना परिक्षणका लागि पठाएको छ ।

यता रोशनीको श्रीमान प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन अहिले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छ्न् । घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् । घटनामा आरोपिका आफन्तहरु डा.धिरज झा, मिश्राको बहिनी र भिनाजुलगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार