मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |
मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |


सिमेन्ट उद्योगको कार्टेलिङ्ग, डेढ महिनामै पटक पटक मूल्यवृद्धि

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

भैरहवा । रुपन्देही जिल्लामा रहेका सिमेन्ट उत्पादक उद्योगहरुले मनोमानी रुपमा सिमेन्टको मूल्य वृद्धि गर्दा उपभोक्ताहरु मारमा परेका छन् । डेढ महिनामै सिमेन्टमा पटक पटक मूल्यवृद्धि हुदा घर निर्माणको योजना बनाईरहेका उपभोक्ता मारमा परेका हुन् । 

रुपन्देही जिल्लामा १२ वटा सिमेन्ट उद्योग रहेका छन् । गोयन्का सिमेन्ट उद्योग र रिलायन्स सिमेन्ट उद्योग अहिले बन्द अवश्थामा रहेका छन् । बाँकी १० वटा सिमेन्ट उद्योगले मनोमानी रुपमा सिमेन्टको मूल्य वृद्धि गरेका छन् । एक महिना अघि सम्म ३ सय ५० रुपैया रहेको सिमेन्टको मूल्य अहिले ५ सय ५० रुपैया पुगेको छ । 

बजारमा सिमेन्टको मूल्य बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा रहेका सिमेन्ट उद्योगहरुमा अनुगमन गरेको छ । आन्तरिक राजस्व कार्यालय भैरहवा, बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले संयुक्त रुपमा उद्योगहरु अनुगमन गरेको छ । अनुगमनको क्रममा उद्योगहरुले उचित कारण बिना सिमेन्टको मूल्य अचाक्ली वृद्धि गरेको सहायक प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका अनुगमन अधिकृत अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । 

जिल्लाको सबै भन्दा ठूलो सिमेन्ट उत्पादक उद्योग अर्घाखाँची सिमेन्ट उद्योगले डेढ महिनामै २ सय सम्म मूल्यवृद्धि गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार उद्योगको विक्री रसिद निरिक्षणको क्रममा अस्वाभाविक मूल्यवृद्धि भएको भेटिएको छ । कार्तिक १ गते उद्योगबाट पिपिसी सिमेन्ट ३ सय २७ रुपैया रहेको थियो । कार्तिक ५ गते ३३६ रुपैया, कार्तिक २५ गते ३६३ रुपैया प्रतिबोरा मूल्यमा उद्योगबाट सिमेन्ट बिक्री भईरहेकोमा मंसिर १५ गते यसको मूल्य उद्योगले ३९८ रुपैया पु¥याएको थियो । यो मूल्यमा प्रतिबोरा ११ रुपैया अन्तशुल्क कर र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडेर बजार जाने गरेको छ । यस अर्थमा कर सहित मंसिर १५ गतेको सिमेन्टको मूल्य प्रतिबोरा ४ सय ६२ रुपैया पुग्छ । 

मंसिर १५ गते मूल्य बढाएको अर्घाखाची सिमेन्ट उद्योगले मंसिर १७ गते पुनः आफ्ना डिलरहरुलाई परिपत्र गरि पिपिसी सिमेन्ट ५५० रुपैया प्रतिबोरा बिक्रि गर्न आदेश दिएको छ । उद्योगले पिपिसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । ओपीसी सिमेन्ट कार्तिक १ गते कर सहित ४७२ रुपैया प्रतिबोरा रहेकोमा मंसिर १७ गतेको परिपत्रले उद्योगले उक्त सिमेन्ट ६३० रुपैया प्रतिबोरा बिक्री गर्न आदेश दिएको छ । 

अनुगमन समितिले अर्घाखाँची सिमेन्ट उद्योग संगै जगदम्बा सिमेन्ट उद्योग प्राली र वृज सिमेन्ट उद्योग प्रालीमा समेत अनुगमन गरेको थियो । सो क्रममा यी दुई उद्योगले पनि अस्वाभाविक मूल्यवृद्धि गरेको सहायक प्रजिअ भण्डारी बताउछन् । जगदम्बा सिमेन्ट उद्योग प्रालीले कार्तिक १ गते पिपिसी सिमेन्ट ३०३ रुपैया प्रति बोरा र ओपीसी सिमेन्ट ३८२ रुपैया प्रतिबोरा बिक्री गरेकोमा मंसिर १९ गते सिमेन्टहरुको मूल्य क्रमशः ४५८ रुपैया र ५२८ रुपैया प्रतिबोराको दरले बिक्री गरेको छ ।

वृज सिमेन्टको मूल्य पनि सोही हाराहारीमा बढेको छ । कार्तिक १ गते पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ३२८ रुपैया र ओपीसी सिमेन्ट ४१७ रुपैया रहेकोमा मंसिर १८ गते यो मूल्य बढेर क्रमशः ४३५ रुपैया र ४५४ रुपैया प्रतिबोरा भएको छ । 

कुनै स्वभाविक कारण बिना नै सिमेन्ट उद्योगहरुले कार्टेलिङ्ग गरि सिमेन्टको मूल्य बढाउदा सामान्य उपभोक्ता मात्र हैन डिलरहरु समेत परेशान भएका छन् । “एक महिना अघि सम्म सबै सामान्य थियो, अहिले दादागिरी देखाउदै उद्योगहरुले बढी मूल्यमा सिमेन्ट बिक्री गर्न उर्दी जारी गरेका छन् ।” नाम उल्लेख नगर्ने शर्तमा एक जना डिलरले भने “हामीले ग्राहकबाट अग्रिम रकम लिएका छौं, उहाँहरुलाई अब कसरी सिमेन्ट आपूर्ति गर्ने ?”

अनुगमनको क्रममा सिमेन्ट उद्योगहरुले उपभोक्ताले पाउने सामान्य जानकारी पनि बोरामा नराखेको पाईएको छ । उत्पादित वस्तुको मूल्य, त्यसको उपभोग योग्य मिति, अन्य विवरण समेत हुनु पर्नेमा त्यस्तो केही छैन । अर्घाखाँची सिमेन्ट उद्योगले उत्पादित मिति लेख्ने गरे पनि त्यो अस्पष्ट रुपमा रहेको थियो । त्यो बाहेक बोरामा अन्य जानकारी थिएन । जगदम्बा सिमेन्ट उद्योग प्रालीले भने त्यो मिति पनि मार्करले प्रत्येक बोरामा लेख्ने गरेको छ । उपभोक्ताले तिर्नुपर्ने अधिकतक खुद्रा मूल्य कुनै पनि सिमेन्ट उद्योगले उल्लेख गरेका छैनन् । 

उद्योगीहरुले भने सिमेन्टको कच्चा पदार्थमै मूल्यवृद्धि भएको कारण सिमेन्टको मूल्य बढेको दावी गरेका छन् । वृज सिमेन्ट उद्योग प्रालीका महाप्रवन्धक रवि रञ्जन गुप्ताले क्लिंकरको मूल्यमा वृद्धि भएकोले मूल्य बढेको बताउनुभयो । दुई वर्ष सम्म कम्पनीले घाटा खाएर सिमेन्ट बिक्री गरेको हवाला दिदै गुप्ताले अब त्यस्तै रहे उद्योग नै बन्द गर्नुपर्ने अवश्था भएकोले मूल्य बढाउनु परेको बताए । 

उद्योगीहरुले क्लिंकरको मूल्य बढेको बताईरदा अनुगमन समितिले क्लिंकर खरिदको बिल समेत निरिक्षण गरेको छ । उद्योगीहरुले क्लिंकरको मूल्य वृद्धि भएको कारण सिमेन्टको मूल्य बढाउनु परेको बताईरहदा तथ्यांकले भने क्लिंकरको मूल्यमा खासै वृद्धि नभएको देखाएको छ ।

जगदम्बा सिमेन्ट उद्योग प्रालीले सर्वोत्तम सिमेन्ट लिमिटेड र सिजी सिमेन्ट ईण्डष्ट्रिज प्रालीबाट क्लिंकर खरिद गर्ने गरेको छ । सर्वाेत्तम सिमेन्टको कार्तिक ३० गतेको रसिदबाट जगम्बा सिमेन्टले ६१५० रुपैया प्रति मेट्रिक टन क्लिंकर खरिद गरेको देखिएको छ । यस्तै मंसिर १३ गते उद्योगले सर्वोत्तमबाट नै पुनः सोही मूल्यमा क्लिंकर खरिद गरेको छ । सिजी सिमेन्ट ईण्डष्ट्रिजले जगम्बालाई मंसिर १६ गते ६२०० रुपैयामा प्रति मेट्रिक टन क्लिंकर बिक्रि गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले अनुगमनको क्रममा उद्योगहरुमा कैफियत देखिएको बताउदै आवश्यक छानविन गरि कारवाही प्रक्रृया अगाडी बढाउने बताएका छन् । सिमेन्टको मूल्य अनावश्यक रुपमा बढाएको भन्नेबारे उजुरी प्राप्त भएको थियो ।” भण्डारीले भने “आवश्यक कागजात कार्यालयमै ल्याएका छौं, तिनीहरुको सुक्ष्म अध्ययन गर्नेछौं ।”



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार