मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चैत्र मसान्तमा अनेरास्ववियुले महाधिवेशन गर्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

काठमाडौं । अखिलनेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएकाहुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आए देखि नै कुनै पनि शिक्षालयमा ताला बन्दी नगर्ने प्रतिबद्धता अनुरुप हरेक विषय शालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताए ।

साथै देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनका लागि काठमाडौँमा कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको जानकारी उनले दिए । उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिविका सचिव सिद्धान्त भट्टले त्रिविको शैक्षिक उन्नयन र प्रगतिका लागि ३५ बुँदे माग सहित करिब आठदिन देखि भिसी कार्यालय, कीर्तिपुरमा धर्ना बसिरहेको भन्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्ने धारणा राखे । अनेरास्ववियुले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेषण गर्ने, व्यक्तिको चरित्र हत्या गर्नेलाई कानुनी कारवाहीमा ल्याउन  सरकारलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार