मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


‘दलीय स्वार्थ देश विकासमा बाधक’

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

काठमाडौं । दलीय स्वार्थले प्रमुखता पाउँदा देश विकासका योजनाहरु अघि बढ्ने गति सुस्त भएको नेताहरुले बताएका छन् । राजधानीमा बिहीबार ‘पर्यटन अन्तर्दृष्टि’ लोकार्पण कार्यक्रममा उनीहरुले जिम्मेवार ओहदामा पुगेकाहरुले दीर्घकालसम्म मुलुकको हित प्रतिकूल हुने विषयमा गम्भीर हुन सुझाए ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुको निहित स्वार्थको कारण देश विकास हुन नसकेको आरोप लगाए । उनले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउन अघि बढाइएको विधेयकको दृष्टान्त दिए । 

‘त्यो विधेयक राष्ट्रिय सभामा आयो । पास गरेर प्रतिनिधि सभामा पठायो । प्रतिनिधि सभाले पनि सबै कुरा टुंग्यायो । पास गरेर पठाएपछि त्यसलाई मैले हस्ताक्षर गरेर राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाउने मात्र बाँकी थियो,’ उनले भने, ‘अब केही कर्मचारीको स्वार्थका लागि, जो पर्यटन मन्त्री हुनुहुन्थ्यो, उहाँको पार्टीको नेतालाई दुई वटा निकाय बनाउँदा संगठन ध्वस्त हुन्छ, हाम्रो त्यहाँ केही पनि रहँदैन भनेर लगाएछन् । भोलि टेबल गर्ने विधेयक नेताले भने भनेर मन्त्री पछि हट्ने भए भनेर आज प्रधानमन्त्री कुरा गर्नुहुन्छ ! भएको त्यत्ति हो अनि कसरी हुन्छ काम ?’ 

त्यो विधेयक त्यत्तिकै तुहाइँदा युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट नेपालको वायुसेवा हट्न नसकेको उनले बताए । ‘दुई जना मान्छे गएर स्वार्थको कुरा गरेपछि त्यै कुरा सुन्ने हो भने त्यस्तो नेताले देश चलाउने, त्यस्तो मन्त्रीले चलाउने, मजस्तो अध्यक्ष हुने हो भने देश कहाँ बन्छ त ? बिग्रेको कुरै यही हो,’ उनले भने, ‘हामी यस्ता निहित स्वार्थमा लाग्यौं र देश बनाउनेतिर लागेनौ । समस्या त्यहाँनिर हो, इमान्दार प्रयत्न देश बनाउनेतिर लाग्यौं भने बन्छ । सम्भावना सबै छ । त्यो  विधेयक मात्रै होइन अर्को पाँचवटा विधेयक संवैधानिक कारणले गर्दा शून्यमा गयो तर, त्यसको जवाफदेहीता कसले लिने ?’ 

देश बनाउने विषयमा सबैको इमान्दार प्रयत्नको खाँचो उनले औंल्याए । कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई समय सापेक्ष र बजार सुहाउँदो बनाउँदै लैजानुपर्ने बताए । ‘हर क्षेत्रमा क्यापिटालिज्मले एकदम पेलिरहेको छ । त्यो प्रतिस्पर्धा पनि बढिरहेको छ । किन पनि भने पुँजीवादले अटोमेटिक प्रतिस्पर्धा ल्याउँछ । एग्रिकल्चर पोखरीको जमेको पानी हो भने पुँजीवाद तीव्र प्रतिस्पर्धाबाट गुज्रिन्छ,’ उनले भने, ‘त्यसको लागि नलेज, टेक्नोलोजी सारा कुरा बढी प्रवेश गरिरहेको छ ।’ 

जमिनको उदाहरण दिदै उनले थपे, ‘पहिला हाम्रो पहाडबाट तराईमा झरेर जमिन किन किन्ने भन्दा खेती गर्नलाई । अहिले १० वर्षको कित्ताकाटको रेकर्ड लिनुहोस् त । खेती गर्न जमिन किन्छन् कि जग्गा बेचेर नाफा लिने भनेर किनिरहेका छन् ? जग्गा अब कर्मसियल प्रोडक्ट भयो । त्यो हुनाले हिजो पहाडका मान्छे तराई झर्ने स्थिति थियो भने अब तराईका मान्छे पहाड चढ्छन्, यदि टुरिजमको विकास गर्ने हो भने ।’ पर्यटन क्षेत्रको विकासमा उनले जोड दिए ।

पूर्व गर्भनर दीपेन्द्रपुरुष ढकालले पर्यटनको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । पर्यटन विकासका लागि विविधीकरणको खाँचो रहेको उनले बताए । तर, लोकर्पित पुस्तक ‘अन्र्तदृष्टि’मा नेपाल अहिलेको ठूलो समस्या नेपाल एअरलाइन्सको बारेमा केही नसमेटिएको उनले टिप्पणी गरे ।

पर्यटकहरुले नेपाल बसाइको क्रममा भन्दा धेरै खर्च हवाई भाडामा गर्ने भन्दै ढकालले पर्यटक वृद्धि र प्रवद्र्धनका लागि नेपाल एअरलाइन्सको जहाज थप गर्नुपर्नेमा जोड दिए ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार