मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

लापसे गरी सवारी चलाउने चार जना चालक नियन्त्रणमा

Ujyalosandeshonline 11013+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट शुक्रबार राती ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

काठमाडौंको नागढुङगाबाट हिजो बा १प ७६४ नम्बरका पर्यटक माईक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका –१४ का ३२ वर्षीय बासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका –८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, काठमाडौंकै बल्खुबाट पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका बागमती प्रदेश ०१(०२५ च ७८ ७४ नम्बरका पिक अप भ्यान चालक सिन्धुपाल्चोकका २५ वर्षीय सफल श्रेष्ठलाई पनि हिजो साँझ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट र श्रेष्ठलाई भने प्रहरी वृत्त कालिमाटी पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

यात्रु बोक्ने संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

श्रेष्ठले सवारी साधन चलाउँदा चालकले मापसे वा लापसे सेवन गरेको शंका लागे मात्र पनि तुरुन्त नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न आग्रह गरे ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए वा नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार