मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आन्दोलनमा मृत्यु भएकालाई ५ लाख दिने कोशी सरकारको निर्णय

Ujyalosandeshonline 11005+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ ।

आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले राहत सहयोग दिने निर्णय गरेको हो ।

प्रदेशसभाले तत्कालीन प्रदेश १ को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए ।

आन्दोलनका क्रममा विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

त्यस क्रममा गत वर्ष चैतमा भएको कोशी नाम खारेजीको मागसहितको आन्दोलनका क्रममा विराटनगरमा भएको प्रदर्शनमा पदम लिम्बू लाजेहाङ घाइते भएका थिए ।

उपचारका क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो । उनका परिवारलाई राहत दिने सरकारले निर्णय गरेको हो ।

यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

उक्त समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचारलगायत विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए ।

प्रदेश सरकार र पहिचान पक्षधर संगठनका प्रतिनिधिबीच पछिल्लो पटक दुई चरणमा वार्ता समेत भएको थियो ।

वार्तामा पुनः नामकरणको विषय उठाइएको थियो । त्यस सम्बन्धमा थप छलफल गर्ने गरी दुई पक्षबीच वार्तालाई निरन्तरता दिने सहमति भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार