मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

भन्सार छलेर भित्र्याइएको कपडा बरामद

Ujyalosandeshonline 11002+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

भैरहवा । पछिल्लो समय तस्करी नियन्त्रणमा सक्रिय देखिएको रुपन्देही प्रहरीले बिहीवार भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएका कपडा लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको छ। जिल्लाको विभिन्न स्थानमा चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भित्राइएको ७ लाख ४० हजार बढी मूल्य बराबरको कपडा, मटर, मिठाई, चिनी लगायतका सामग्रीहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जनाए। साथै, उक्त सामग्री ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकल र एउटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सुट १३० थान, साडी ६७ थान, मटर ५ बोरा, चिनी १९० किलो, विभिन्न प्रकार मिठाई र खाद्यन्न सामग्रीहरु बरामद भएको छ। बरामद सामग्रीहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उक्त सामग्रीहरु जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाइहरुले बरामद गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार