मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अनसनकारीको समर्थनमा ऐक्यबद्धता

Ujyalosandeshonline 11005+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेको तीस घण्टापछि अनसनकारीको समर्थनमा विभिन्न संघ संस्था तथा पेसागत संगठनहरुले  एक्यबद्धता जनाएका छन् । विभिन्न सामाजिक संस्था तथा नागरिक समाजका संगठनहरुले प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यबद्धता जनाएका छन् । 

सिरहा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मनद कुमार साहको अगुवाई अधिवक्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह समक्ष अनसनकारी प्रति ऐक्यबद्धता रहेको पत्र पठाएका छन् ।

पुल निर्माणमा ढिलाई गरिएको कारण हिजो बुधबार साँझ सिरहा सदरमुकाम सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतिश कुमार सिंहको पुतला दहन गरिएको छ । प्रदर्शनमा ओर्लिएका आन्दोलनकारीहरुले अनसनकारीहरुको जीवनमा तलवितल भएमा आन्दोलनको आँधीबेहरी उठ्ने चेतावनी दिएका छन् । उनीहरुले सिरहाका  सांसदहरुलाई सिरहा सदरमुकाम प्रवेश निषेध गर्ने  घोषणा गरेका छन् ।  

अनसनकारीको मागलाई अविलम्ब सम्बोधन गर्न माग गर्दै सनातन हिन्दु परिषद नेपालका अध्यक्ष मनिष कुमार यादव, समाजवादी ईन्जिनियरीङ्ग एसोसिएसन नेपाल (सीन) मधेश प्रदेशका अध्यक्ष ई रोशन कुमार यादव, मात्रृभूमि युवा समाज नेपालका उपाध्यक्ष डा. अविनाश पुर्वे, प्रदेश युवा सञ्जाल मधेश प्रदेशका नइम राईन लगायतले विज्ञप्ती जारी गरेका छन् ।

हुलाकी रामजमार्गमा पर्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै पूर्वघोषित कार्यक्रम अनुसार हुलाकी राजमार्ग कमला पुल संघर्ष समिति सिरहा – धनुषाका संयोजक ई प्रवीण यादव, सिरहा नगरपालिका वडा नं.४ र ६ का वडाध्यक्षद्वय समसाद आलम, ईन्द्रजित यादव , औरही गाउँपालिका वडा नंं.३ र ४ का वडाध्यक्षद्वय जीवछ यादव, सुरेन्द्र यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नं.८ का वडा सदस्य रुपेश यादव, सनातन हिन्दु परिषद्का मनिष कुमार यादव, समाजसेवी युवा शैलेश यादव र शिवशंकर यादव गत मंगलबारदेखि आमरन अनसनमा बसेका छन् ।  

अनसनको समय लम्बिदै गएपछि अनसनकारीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ । रक्तचापमा उतार चढाव देखिएपछि त्नि जना अनसनकारीहरुलाई स्लाइन पानी दिइएको छ । डा.कृष्ण कुमार यादव नेतृत्वको स्वास्थ्यकर्मीहरुले अनसनकारीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार