रुपन्देहीमा प्रहरी सक्रिय: धमाधम समातिँदै तस्करीका सामाग्री

Ujyalosandeshonline 11469+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीमा पछिल्लो समय दिनहुँ तस्करीका सामग्री बरामद गर्न थालिएको छ । तस्करीमा प्रयोग भएका सवारीसाधनका साथै संग्लन व्यक्तिहरुलाई पनि पक्राउ गर्ने गरिएको छ। रुपन्देही प्रहरी प्रमुखमा एसपी प्रदीप बहादुर क्षेत्री आएपछि ठूला तस्करी ठप्प भएको छ भने खुल्ला सीमा नाकाका कारण लुकुछिपी भित्राउने गरिएको थोरै मात्राका सामग्रीहरु पनि धमाधम समात्ने गरिएको छ।

यस्तै, रुपन्देही प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भित्राइएको १३ लाख बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय मझगाँवा, छपिया, धकधई, प्रहरी चौकी मैनिहवा, कालिदह, अस्थायी प्रहरी बिट महिलावारबाट खटिएको टोलीले विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको जुत्ता, हुक्का, चिनी, केराउ, टायल, कपडा, मलखाद, प्याज लगायतका साम्रगीहरु बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही का अनुसार तस्करीमा प्रयोग भएका सात वटा मोटरसाइकल र तस्करीमा संग्लन विभिन्न व्यक्तिहरुलाई पक्राउ गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार