मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीमा कर्फ्यू आदेश जारी, बुटवल र भैरहवा क्षेत्र प्रभावित

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

भैरहवा । रुपन्देही, २०८२ भदौ २३: जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज (भदौ २३ गते) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी गरिएको सूचना अनुसार, आज अपरान्ह ४:०० बजेदेखि राती १०:०० बजेसम्मका लागि यो आदेश लागू हुनेछ।

कर्फ्यू लागेको अवधिमा तोकिएका सीमानाभित्र कसैलाई पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यू प्रभावित क्षेत्रहरू:

बुटवल क्षेत्र:

पूर्व: पेट्रोल पम्प धागो कारखाना पुलसम्म

पश्चिम: बेलवास चोकसम्म

उत्तर: चिडिया खोलासम्म

दक्षिण: मंगलापुरसम्म

भैरहवा क्षेत्र:

पूर्व: रोहिणी खोला पुलसम्म

पश्चिम: बेथरी पुलसम्म

उत्तर: बुद्धचोकसम्म

दक्षिण: मेउडीहवासम्म

यसका साथै, बुटवल-बेलहिया सडक खण्डको दायाँबायाँ १०० मिटरसम्मको क्षेत्रमा पनि कर्फ्यू लागू हुनेछ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सर्वसाधारणलाई कर्फ्यूको पालना गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ। आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार