मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

रासस 547+ समाचार ( )
२७ जेठ २०८३, बुधवार

गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । 

कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताउनुभयो । श्रेष्ठले घट्टमा अन्न पिसेबापत अन्न भए एक पाथी बराबर पाँच मुठी र पैसा भए एक पाथी पिसेको रु दश लिँदै आउनुभएको छ । 

“तीस वर्षअघि आफैँले स्थापना गरेको पानीघट्ट अझै चलाउँदैछु, घर खर्च र आफूलाई पुग्ने अन्न घट्टबाटै आउँछ, पहिला खरले छाएको थियो, अहिले जस्ताले छाएको छु, मकैका लागि छुट्टै र गहुँ र कोदोका लागि छुट्टै घट्ट छ”, श्रेष्ठले भन्नुभयो । उमेर ढल्किँदै गए पनि परम्परागत पेसालाई निरन्तरता दिइरहेको श्रेष्ठको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा पनि ग्रामीण भेगमा अझै पानी घट्ट जस्ता पुराना प्रविधिहरू जीवनयापनको आधार बनेको पाइन्छ । पानीलाई पाइप वा काठको ढुङ्ग्रोबाट खसालेर पानीको गतिले घट्टको जाँतो घुमाएर अन्न पिस्ने कार्यलाई पानी घट्टका रुपमा लिइने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार