मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

भरततालमा भ्रष्टाचार आरोप, निलम्बित नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

Ujyalosandeshonline 11009+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

३० करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समितिका तत्कालिन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालत काठमाडौंमा मंगलबार दायर आरोपपत्रमा आयोगले बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको उल्लेख गरेको छ ।

सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा परियोजना र संघीय सरकारको स्वीकृतविना अनधिकृत रुपमा माछा पोखरी निर्माणका लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन (आइइइ) स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेर अनधिकृत काम गरेको आरोपपत्रमा छ । 

आयोगका अनुसार बागमती नगरपालिकाबाट उक्त माछापोखरीको डीपीआर तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगराई, बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई, माछापोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना नेपाल सरकारको स्वीकृतविना ३९ लाख ७३ हजार १ सय ९१ घनमिटर उत्खनन गरेको पाइएको छ । उत्खखनबाट निस्किएको नदीजन्य पदार्थको हिसाबमा अनियमिता गरेको पाइएको पनि आयोथले जनाएको छ । 

नेपाल सरकार, प्रदेश, स्थानीय तह÷सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरेको भन्दै आरोपितविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजायको मागदाबी आयोगले गरेको छ । 

आयोगले यसअघि स्रोत नखुलेको सम्पत्ति पाइएको भन्दै गत चैत अन्तिम साता मुद्दा दायर गरेपछि नगरप्रमुख थापा पदबाट निलम्बित छन् । उनीविरुद्ध मंगलबार दायर दोस्रो मुद्दा हो । अघिल्लो मुद्दामा ५ करोड ३३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार