मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कपिलवस्तुमा करिब १ करोड ८० लाख बराबरको अवैध सामानसहित ३ भारतीय टेलर र चालक पक्राउ

Ujyalosandeshonline 11474+ समाचार ( )
२८ कार्तिक २०८२, शुक्रबार

कपिलवस्तु । कपिलवस्तु प्रहरीले करिब रु १ करोड ८० लाख मूल्य बराबरको बिलबिजकभन्दा बढी परिमाणमा सामान बोकेका तीनवटा भारतीय टेलर र तीनजना चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, गोप्य सूचनाका आधारमा मायादेवी गाउँपालिका वडा नं. १ बाट प्रहरीले छापा मारी UP 51 BT 3932, HR 69 E 9039 र HR 58 B 8687 नम्बरका टेलरहरूलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा, एउटा टेलरबाट रु २६ लाखभन्दा बढी मूल्यको De-Oiled Cake (Poultry Feeds), अर्कोबाट रु ५३ लाखभन्दा बढीको Basmati Rice र तेस्रो टेलरबाट रु २५ लाखभन्दा बढीको SOYA DOC बरामद भएको छ । बरामद गरिएका सामानको कुल मूल्य रु १ करोड ५ लाख १४ हजार १६९ र टेलरको मूल्य रु ७५ लाख गरी जम्मा रु १ करोड ८० लाख १४ हजार १६९ पुगेको छ । पक्राउ परेका चालक र टेलरहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार