मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

छात्रालाई अनुचित सन्देश पठाएपछि शिक्षक साह बर्खास्त

Ujyalosandeshonline 11013+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

रौतहट । छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको हो । 

विद्यालयका पूर्वअध्यक्ष राजकुमार दासले यसअघि पनि साहले पटक पटक छात्रालाई दुव्र्यवहार गरेको र सामाजिक दण्ड भोगेका पनि कानुनी कारबाही नहुँदा यो व्यवहार दोहोरिएको आरोप छ । एक १६ वर्षीय छात्रालाई गत आइतबार ९ असार २९० उनले ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि विवाद उत्पन्न भएको थियो ।  आक्रोशित समुहले कुटपिट र तोडफोडमा उत्रिएपछी प्रहरीले अनुसन्धानका लागी  साहलाई नियन्त्रणमा लिएको थियो ।

छात्राका अभिभावकहरूले दिएको उजुरी अनुसार कार्वाही प्रक्रिया अघि बढाइएको  इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका अनुसार साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्यादसहित अनुसन्धान थालिएको छ  । गरुडा नगरपालिका १ मा रहेको सो विद्यालयमा शिक्षक साहले कक्षा ७ सम्म अङ्ग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार