अर्घाखाँची । नेपाल ट्रेड युनियन काँग्रेस अर्घाखाँचीले मजदुर दिवसको अबसरमा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । ट्रेड युनियनले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचाररत बिरामीहरुलाई फलफूल विरतण गरेको हो ।१३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिरामीहरुलाई फलफूल विरतण गरिएको ट्रेड युनियनका अध्यक्ष गणेशराज पौडेलले बताउनु भएको छ । बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै स्वास्थ्यको लागि उपर्युक्त हुने फलफूलहरु वितरण गरिएको जानकारी दिनुभयो ।
फलफुल बितरण पछि भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाली कागेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले वि.सं.२००३ साल फागुन २१ गते विराटनगर मजदुर युनियनको नाममा स्थापित संगठन नै हालको नेपाल ट्रेड युनियन कांग्रेस हो । तत्कालीन अबस्थामा कारखानामा मालिकहरुले मजदुरलाई गरेको शोषणको विरुद्ध गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा मजदुरको ज्यालावृद्धि, स्वस्थ कार्यस्थल एवं श्रमिक अधिकारको मुख्य माग राखी कारखाना मालिक विरुद्ध नेपालमै पहिलो संगठित आन्दोलन छेडेर नेपालमा मजदुरको पक्षमा आवाज उठाएर मजदुर आन्दोलन नै नेपालको १०४ वर्षे निरंकुश राणा शासनलाई अन्त्य गर्ने आधार स्तम्भ बनेको दिन यो दिनले सबैलाई सगठित गर्ने मजदुरको पक्षमा काम गर्नेका लागि प्रेरणा मिल्ने बताउनुभएको छ । कार्यक्रममा नेपाली कागेसका जिल्ला सभापति केशब श्रेष्ठ लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला सचिव कृष्ण खनाल लगायत मजदुर सगठनका संघ र प्रदेश जिल्ला तहका नेताहरूको उल्लेखनीय सहभागीता रहेको थियोे ।