मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् । कानून निर्माणको चरण पार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था रहेको बताउँदै बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व रहेको बताए । 

उनले भने‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि बंश हो । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूत तत्व हो,’ 

बाबु भएको आधार पुष्टि गर्न नसकेको पनि बाबुहरुको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुका हकमा बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ । 

उनका अनुसार नेपालको अन्तरिम संविधान बमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

यस्तै नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गर्नुका साथै विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने गृहमन्त्री लेखकले बताए । 

विधेयकमा सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । विधेयक पारित अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुने गृहमन्त्री लेखकले बताए । 

उनले भने, ‘संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन । साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले  अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।’ 

विद्यमान समयमा बदलिदो सामाजिक परिवेश अनुसार पहिचान विहिन भएर बस्नु परेको बैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकता विहिन भईरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार