मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रामेछाप उद्योग वाणिज्य संघले मनायो ३२ औँ स्थापना दिवस

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । ३२ औँ स्थापना दिवसको अवसरमा संस्थाले बुधबार मन्थलीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रम संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षता तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई स्थानीय सरकारसँग साझेदारीमा काम गर्न आह्वान गरे । उनले मन्थलीमा कम्तीमा निजी क्षेत्र र नगरपालिकाको सहकार्यमा २०÷३० जनालाई रोजगारी दिने उद्योग सञ्चालनको प्रस्ताव ल्याउन आग्रह गरे । 

श्रेष्ठले स्थानीय उत्पादनको लेवलिङ र बजारीकरणको लागि सहकार्य गर्न पनि उद्योग वाणिज्य संघलाई आग्रह गरे । एकले अर्काको बारेमा गुनासो गर्ने भन्दा पनि सहयोग र सहकार्य गरेर अघि बढ्न उनले उद्योगी व्यवसायीलाई आग्रह गरे । 

‘गुनासो गरेर होइन, सहकार्य गरेर अघि बढौँ, सकेको ठाउँमा सबैले टेवा पुर्याउँ, सकारात्मक सोच्दै कमी कमजोरी सुधारेर अघि बढौँ’, उनले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई बढी नाफाखोर नहुन सुझाव दिए । उनले व्यवसायीको हितका कुरा गर्दा उपभोक्ताको हितमा पनि ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखकबहादुर कार्की, एमाले रामेछापको उपाध्यक्ष होतराज ढकाल लगायतका राजनीतिक दलका नेताहरू तथा नागरिक संगठनका प्रमुख एवं प्रतिनिधिले पनि संघको प्रगतिको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार