मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्य समिति रूपन्देहीले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा श्री सत्य साई बाबा वृद्ध आश्रम सेवा केन्द्र, ठूलोबालापुरका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न तथा फलफूल वितरण गरी परोपकारी कार्यक्रम सम्पन्न गरेको छ। महासंघले औपचारिक समारोहमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहन गर्दै आश्रमका वृद्धवृद्धाहरूसँग खुसी साटासाट गरेर दिवस मनाएको हो।

कार्यक्रममा आश्रमकी अध्यक्ष माया खारेलले महासंघले देखाएको यो आत्मीयता र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। कार्यक्रम संयोजक तथा महासंघका उपाध्यक्ष शत्रुधन पण्डितका अनुसार महासंघको निर्देशन र आदर्श अनुरूप आयोजना गरिएको यस परोपकारी कार्यमा वैश्य समाजका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा महासंघका उपाध्यक्षद्वय पूर्णिमा रौनियार र बेचन गुप्ता, महासचिव तारकेश्वर कान्दु, श्रीचन्द्र जैसवाल, मनोज अग्रहरि, दुर्गा प्रसाद गुप्ता, रूवि राैनयार ,उषा जैसवाल ,बिजय काैशल ,नरेन्द्र प्रसाद रौनियार ,गुरुचरण प्रजापति लगायत संस्थाका सल्लाहकार एवं अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। महासंघले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा परोपकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार