मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

केसीसी एक्जिबिटको समापन गरिदैं, आज एलिना चौहान र जितु नेपालले प्रश्तुती दिने

Ujyalosandeshonline 11005+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजमा शुक्रबारदेखि जारी १७औं ‘केसीसी एक्जिबिट २०२४’ शनिबार आज सकिदैछ । शनिबार गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपाल सहितका कलाकारहरुका प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल राउन्डको कार्यक्रम हुँदैछ ।

कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु प्रदर्शनमा छन् ।

कलेज प्राङ्गणमै चलिरहेको  प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गरिरहेका छन् । इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विदाउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल लगायतका प्रोजेक्ट राखिएका छन् ।

यसैगरी आइटीतर्फ एआईको प्रयोगलगायत विविध विधाका ३० भन्दा बढी स्टल छन् । फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम र फुड स्टलमा विद्यार्थीहरु बढी आकर्षित छन् ।

कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन गराउँदै आएको छ । 

एक्जिबिट शुक्रबार विहान उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले उदघाटन गरेका हुन् । एक्जिबिटमा करिब १५ हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको प्रिन्सिपल राजु कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार