मुख्य समाचार
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध |

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय : पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित,तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

Ujyalosandeshonline 11085+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको छ।

केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि मंगलबार आकस्मिक बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफ्ना सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निणर्य पनि गरेको छ ।

केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको मंगलबार निधन भएपछि कांग्रेसको पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।

कांग्रेस अहिले ‘समुदायमा कांग्रेस अभियान’ लिएर देश दौडाहामा थियो। उता कांग्रेस महामन्त्री गगन कुमार थापा पनि छुट्टै ‘मेचीकाली संवाद यात्रा’ अभियानमा थिए ।

बैठकले माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने,मुख्यसचिव कृष्णप्रसाद पौडेका १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने बुढाथोकीको स्वर्गारोहणको १३ औँ दिनमा झापामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव पौडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार