मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव

Ujyalosandeshonline 11084+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिनुभएको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आज आयोजित एसइई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकाले गुणस्तरीयता प्रमुख आधार भएको जिकिर गर्नुभयो । यसका लागि विद्यालय शिक्षा सुधारका लागि सबै तहले जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।  

शिक्षा ऐनलाई मात्र देखाएर कतिपय सामान्य काम पनि हुन नसकिरहेको टिप्पणी गर्दै मन्त्री भण्डारीले सबैले आफ्नो भूमिका अनुसारको जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश तहबाट विभिन्न काम भइरहेको छ र आगामी दिनमा गर्नुपर्ने नीतिगत कामप्रति हामी प्रतिबद्ध छौँ ।”

विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि राज्यको लगानी थुप्रै भएपनि जीवनोपयोगी शिक्षण सिकाइ हुन् नसकिरहेको मन्त्री भण्डारीले यसका लागि शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । परीक्षाको नतिजा परीक्षा सञ्चालन व्यवस्थापनको आधारमा हुने गरेकाले सोही बमोजिम सञ्चालन गर्न उहाँले सुझाउनुभयो । शिक्षा विकास निर्देशनालय सुर्खेतका निर्देशक दीपा हमालले एसइई परीक्षा व्यवस्थित तथा मर्यादित रूपले सञ्चालन गर्न दशवटै जिल्लाका परीक्षा समन्वय समितिलाई आवश्यक निर्देशन दिइएको बताउनुभयो । यसका लागि स्थानीय तह, अभिभावक, विद्यालय स्वयंले आआफ्नो दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार