मालारानी–८ ले जित्यो प्रथम स्व. रामलाल पुरी स्मृति वडा स्तरीय भलिबल कप–२०८२ को उपाधि

अनिल नेपाली 141+ समाचार ( )
६ अशोज २०८२, सोमबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७, बाघमारामा सम्पन्न प्रथम स्व. रामलाल पुरी स्मृति वडा स्तरीय भलिबल कप–२०८२ को उपाधि मालारानी–८ ले जितेको छ । फाइनल खेलमा मालारानी–४ लाई पराजित गर्दै मालारानी–८ ले पहिलो स्थान हासिल गरेको हो । खाँचीकोट दरबार युवा क्लब दोस्रो स्थानमा रहँदा शितगंगा–२ ले तेस्रो स्थान प्राप्त गर्यो ।

चार दिनसम्म चलेको यस प्रतियोगितामा जिल्ला तथा बाहिरका गरी २० टोलीले सहभागिता जनाएका थिए। वर्षाका कारण केही अवरोध भए पनि, चौथो दिन सफा मौसममा फाइनल खेल भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ। असोज २ गते सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा ब. केसीले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए। उनले खेलकुदको माध्यमबाट दिवङ्गत पुरीको सम्झना हजारौं मानिसले गर्ने बताए ।

खाँचीकोट सेवा समाजको आयोजनामा पहिलोपटक भएको यो स्मृति कप भलिबल प्रतियोगिता भव्य र सभ्य ढंगले सम्पन्न भएको आयोजक समितिले जनाएको छ । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टोलीलाई नगद, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता खेलहरु आयोजना गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार